लागूऔषधसहित नागढुंगाबाट भारतीय पक्राउ


काठमाडौ । प्रहरीले १०७ ग्राम लागूऔषध खैरो र सेतो हेरोइनसहित एकजना भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भएका २० वर्षीय दीपेन्द्र कुमार भगत रहेका छन् ।वीरगञ्‍जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०१९ नम्बरको बसमा चेकजाँच गर्दा भार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


उनको साथबाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) १०३ ग्राम र सेतो हिरोइन (ह्वाइट सुगर) ४ ग्राम गरी जम्मा १०७ ग्राम बरामद गरेको छ ।पक्राउ परेका उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन -१५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..