निर्मला पन्त हत्याको विषयलाई टुंगो लगाउने काम प्राथमिकतामा राख्छु : प्रहरी महानिरीक्षक सिंह

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीको सरुवा–बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा–बढुवा उत्कृष्टताको आधारमा गर्ने बताएका हुन् । प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाका अन्त्य हुने उनले बताए । 

महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिले नै सरुवा र बढुवामा प्राथमिकता दिनेगरी आफूले काम गर्ने प्रतिबद्धता जनाए । 

महानिरीक्षक सिंहले अघिल्ला महानिरीक्षकले प्राथमिकतामा राखेर अघि बढाएका कामलाई आफूले निरन्तरता दिने बताए । नेपाल प्रहरी आलोचित बनिरहेको निर्मला पन्त हत्याको विषयलाई टुंगो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..