अब टपक्क टिपेर बुढुवा हुँदैन : प्रहरी महानिरीक्षक सिंह

काठमाडौं । प्रहरीको बढुवा अब जथाभावी नहुने प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले बताएका छन् । बिहीवार पत्रकारसँगको भेटघाटमा आईजीपी सिंहले अब हुने बढुवा ब्याज मेरिटको आधारमा हुने बताएका छन् । 

‘अब कसैलाई टपक्क टिपेर बढुवा हुँदैन । प्रहरी संगठनमा व्याजमेट त्यतिकै भनिएको होइन,’ आईजीपी सिंहले भने, ‘काबिल अफिसर वरियताक्रमका आधारमा बढुवा हुनेछन् ।’

विगतका दिनमा पहुँचका आधारमा बढुवा हुने गरेकोमा त्यसलाई चिर्नका लागि कसैलाई अन्याय नहुने गरी बढुवा प्रक्रिया अगाडि बढाउने उनले बताए ।

प्रहरीमा राजनीतिक पहुँचका आधारमा सरुवा–बढुवा हुने गरेको छ । पछिल्लो समय प्रहरीमा कामको आधारभन्दा पनि पहुँचका आधारमा बढुवा र सरुवा गरेको भन्ने आरोप लाग्दै लागेको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा गल्ती गरेका प्रहरी अधिकारीलाई कारवाहीको दायरमा ल्याएको आईजीपी सिंहले बताए । स्थानीय तह निर्वाचनका केही छिटफुट घटनाबाहेक अरु सौहार्दरूपमा सम्पन्न भएका आईजीपी सिंहले दाबी गरे । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..