पशुपतिमा बतास समूहको होटेल चलाउने बाटो बन्द अन्तरकालीन आदेश बदर

काठमाडौं । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न भनि दिइएको यसअघिको अन्तरकालीन आदेश बदर भएको छ।


बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले बतास समूह पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने भनि दिएको अन्तरकालीन आदेश बदर गरेको हो ।
न्यायाधीश पोखरेलको इजलासले अन्तरकालीन आदेश बदर गरिदिएसँग बतास समूहको पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ ।


गत चैत २५ गते अदालतले बतास समूहलाई पशुपति धर्मशालामा होटेल सञ्चाल गर्न पाउने भन्दै अन्तरकालीन आदेश दिएको थियो। तर, उक्त अन्तरकालीन आदेशविरूद्ध पशुपति क्षेत्र विकास कोषले मुद्धा दायर गरेको थियो ।


न्यायाधीश पोखरेलको इजलासले उक्त मुद्धाको बुधबार सुनुवाइ गर्दै कोष र बतास समूहबीचको करार भंग भइसकेको र पुनः होटल सञ्चालन गर्न नपाउने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..