पद दुरुपयोग गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंह गलत काम गर्ने प्रहरी कर्मचारीविरुद्ध आक्रामक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा कार्यरत इन्स्पेक्टर राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।

अहिले उनी निलम्बनमा छन् । जेठ २० मा निलम्बनको अवधि सकिनुअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

इन्स्पेक्टर कुर्मीलाई बर्खास्त गर्न मन्त्रालयमा लेखेर पठाइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । कुर्मीले तराईका जिल्लाहरुका प्रहरी युनिटबाट पैसा उठाउने गरेको आरोप छ ।

सामाजिक सञ्जालमार्फत युवतीलाई हैरानी गर्ने र धम्की दिने एक जना प्रहरी जवान थुनामा छन् । प्रहरी चौकी बटेश्वर, धनुषामा दरबन्दी भएका प्रहरी जवान कृष्ण कुमार यादवलाई साइबर ब्यूरोले जेठ ११ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सामाजिक संजालमा युवतीलाई साथी बनाएर ‘च्याट’ र भिडियो कल गर्ने क्रममा प्रलोभनमा पारेर खिचेका अन्तरङ्ग तस्वीर उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिएका थिए ।

रौतहटको दुर्गा भवानीपुर गाउँपालिका–४ घर भएका २७ वर्षीय प्रहरी जवानलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..