पदभार ग्रहण गरेलगत्तै बालेनले जंगी अड्डा पुगेर भेटे प्रधानसेनापति शर्मा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानसेनापति प्रमुराम शर्मासँग भेट गरेका छन्।

महानगरपालिकामा पदभार ग्रहणलगत्तै मेयर शाहले सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति शर्मालाई भेटेका हुन्।

प्रधानसेनापति शर्मा र मेयर शाहबीच सद्भावना भेटघाट भएको जनसम्पर्क निर्देशनालयले जनाएको छ।   

भेटमा नवनिर्वाचित मेयर शाहलाई प्रधानसेनापति शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटले नेपाली सेना र काठमाडौं महानगरपालिकाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध तथा सद्‍भाव थप प्रगाढ हुने जंगी अड्डाले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..