शक्तिकेन्द्र धाउने अधिकृतहरुको ‘रेकर्ड’ राख्दै प्रहरी हेडक्वार्टर

घुस खाने इन्स्पेक्टरलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा शक्तिकेन्द्रको हस्तक्षेपले सीमा नाघेको विषय ‘ओपन सेक्रेट’जस्तै छ । शैलेश थापा प्रहरी प्रमुख हुँदा प्रहरी अधिकृतहरु भन्थे– आईजीपीकहाँ गएर न सरुवा हुन्छ, न बढुवा ।

दर्जाअनुसार शक्तिकेन्द्रमा धाउने चलन प्रहरीमा दाल–भातजस्तै भएको छ । तर, अहिलेका प्रहरी प्रमुख धिरज प्रताप सिंहले सो संस्कारलाई ‘ब्रेक’ गर्न खोजेका छन् । धिरज प्रताप सिंहलाई वैशाख १८ मा मन्त्रिपरिषद्ले २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको थियो ।

आईजीपी भएपछि सिंहले शक्तिकेन्द्र धाउने प्रहरी कर्मचारीको ‘रेकर्ड’ राख्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । आफू अनुकूलको निर्णय गराउन संगठन बाहिरबाट दबाब दिनेहरूलाई ‘नोटिस’मा राख्न थालिएको प्रहरी महानिरीक्षक सिंहले बताए ।

सुरक्षा खबरसँग कुरा गर्दै सिंहले भने, ‘काम गर्नेलाई संगठनले नै पहिचान गरेर अवसर दिन्छ ।’

गृह–सचिव नेतृत्वको बढुवा समितिले जेठ ९ मा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एआईजी बढुवा समितिको सदस्य–सचिव आईजीपी हुन्छन् । वरीयता अनुसार बढुवा सिफारिस गरिएको हुनाले सो बढुवा ‘सुनौलो’ रहेको जानकारहरु बताउँछन् ।

  • पद दुरुपयोग गर्नेलाई धमाधम कारवाही

आईजीपी सिंह गलत काम गर्ने प्रहरी कर्मचारीविरुद्ध आक्रामक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा कार्यरत इन्स्पेक्टर राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । अहिले उनी निलम्बनमा छन् । जेठ २० मा निलम्बनको अवधि सकिनुअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

इन्स्पेक्टर कुर्मीलाई बर्खास्त गर्न मन्त्रालयमा लेखेर पठाइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । कुर्मीले तराईका जिल्लाहरुका प्रहरी युनिटबाट पैसा उठाउने गरेको आरोप छ ।

सामाजिक सञ्जालमार्फत युवतीलाई हैरानी गर्ने र धम्की दिने एक जना प्रहरी जवान थुनामा छन् । प्रहरी चौकी बटेश्वर, धनुषामा दरबन्दी भएका प्रहरी जवान कृष्ण कुमार यादवलाई साइबर ब्यूरोले जेठ ११ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सामाजिक संजालमा युवतीलाई साथी बनाएर ‘च्याट’ र भिडियो कल गर्ने क्रममा प्रलोभनमा पारेर खिचेका अन्तरङ्ग तस्वीर उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिएका थिए ।

रौतहटको दुर्गा भवानीपुर गाउँपालिका–४ घर भएका २७ वर्षीय प्रहरी जवानलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..