दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर

काठमाडौँ । हराइरहेको ताराको ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका हुन् ।

यसबारेमा थप विवरण आउन बाँकी छ ।

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।

पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..