कुवाङ भन्ने ठाउँमा भेटियो दुर्घटनाग्रस्त तारा एयरको जहाज, स्थानीयवासीले गराए सुरक्षा निकायलाई जानकारी

काठमाडौं । आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा दुर्घटना अवस्थामा भेटिएको छ।

स्थानीयवासी दुर्घटनास्थलबारे सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छन् ।कुवाङमा विमान भेटिएको जानकारी पछि सुरक्षाकर्मी दुर्घटनास्थलतर्फ लागेका छन् । आईतबार विहानदेखि सम्पर्कविहिन विमानको खोजीमा सोमबार विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरु लागेका छन् ।

खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएको थिएन् । आज विहानैदेखि विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ ।

फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी सुरु गरेका छन् भने स्थलमार्गबाट सुरक्षा निकाय तल्लिन छन्। नेपाली सेनाका अनुसार आशंका गरिएका ठाउँ वरपर आज विहानैदेखि खोजी कार्य भइरहेको थियो।

आजपनि उक्त क्षेत्रको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन् । दुर्घटनास्थल नजिकै सेनाको हेलिकप्टर ल्यान्ड गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..