डा.बाबुराम भट्टराईद्वारा वृद्धभत्ता नलिने घोषणा

काठमाडौं । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्ध भत्ता नलिने घोषणा गरेका छन् । उनले वृद्धभत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा दिने नीतिप्रति असन्तुष्ट व्यक्त गर्दै नलिने घोषणा गरेका हुन् ।

‘म ६८ वर्षमै वृद्धभत्ता लिएर राज्यलाई बोझ बनाउन चाहन्नँ,’ ६८ वर्ष कटिसकेका भट्टराईले भने,‘वृद्धभत्ता नलिने घोषणा गर्छु ।’

भट्टराईले पैसा छर्ने काम गरेको भन्दै असन्तुष्टि समेत जनाए । उनले सामाजिक सुरक्षामा उमेर घटाउनु ठिक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..