रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि


एजेन्सी । स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो ।


रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिनिसियसले ५४औं मिनेटमा फेडरिक भाल्भर्डेको पासमा गोल गरेका थिए ।रियलका गोलकिपर थिबाउट कोर्तुवाले उत्कृष्ट बचाउ गर्दा लिभरपुलको आक्रमण निराश बनेको थियो ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले एसी मिलानबाट दुई र रियलका लागि एक च्याम्पियन्स लिग जितेका थिए ।लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन । रियलले पछिल्लो पटक २०१८मा लिभरपुललाई हराएर उपाधि जितेको थियो भने लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो ।

लिभरपुलका प्रशंसकहरु मैदानभित्र पस्न समस्या हुँदा खेल नै ३० मिनेटपछि सुरु भएको थियो । मैदान बाहिर केही अराजक दृश्य देखिएको थियो भने फ्रेन्च पुलिसले केहीलाई पेपर स्प्रे समेत प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..