स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताए । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे ।

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखे । राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिदै उनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलन हुनुपर्ने बताए ।

अध्यक्ष लिङ्देनले हरेक राजनीतिक दल पराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धास्थल हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..