ओलीलाई दाहालको प्रश्न : तपाईं मान्छेको टाउको काटेर जेल बसेको होइन?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली मान्छेको टाउको काटेर जेल गएको गम्भीर आरोप लगाएका छन्। 

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै ओलीलाई तपाईंलाई अहिले पनि मान्छेको टाउको काटेर जेल गएको भन्न मिल्छ? भनेर प्रश्न गरेका छन्। 

ओलीलाई प्रश्न गर्दै प्रचण्डले भने, ‘तपाईंहरू टाउको काट्ने मान्छे होइन? हत्याराको रूपमा जेल बसेको होइन? भन्यो भने के हुन्छ? त्यो भन्नु जायज हुन्छ? हिजाे फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो। जनतालाई धम्क्याएको कुरा गर्नुभयो। मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु।’

अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामार्फत १२ बुँदे समझदारी हुँदा ऐतिहासिक सहमति भएको बताए। ‘एउटा प्रक्रियामा हामी जान खोज्दैछौँ। फेरि यो कुरा किन? यस्तो भन्नु विल्कुलै जायज होइन। अहिले परिस्थिति नितान्त भिन्न भइसकेको छ’ उनले भने। 

सरकारको नीति तथा कार्यक्रममा भाग लिने क्रममा बिहीबार केपी शर्मा ओलीले करिब ३ घण्टा रोष्ट्रममै कुर्सीमा बसेर सरकारको खरो आलोचना गर्नुका साथै स्थानीय निर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाएका थिए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..