ललितपुरका नवनिर्वाचित मेयर महर्जनले भने,‘कुनै गल्ती नगरी काम गर्छु’

काठमाडौं । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले कुनै गल्ती नगरी काम गर्ने बताएका छन् । बुधबार जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर काम गर्ने बताउँदै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘ललितपुरलाई सुन्दर बनाउनेछौं । रात्रिकालीन अवस्थामा उज्यालो पार्नेछौं । म कुनै गल्ती नगरी काम गर्छु ।’त्यस्तै उनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम अगाडि बढाउने बताएका बताएका छन् । उनलेका छन्, ‘हामी जे काम गर्छौं, टिम वर्कको रूपमा अघि बढ्नुपर्छ । नगरवासीलाई शिरमा राखेर काम गर्दा सफल हुनेछौं ।’


यसका साथै पुनः मेयरमा निर्वाचित महर्जनले भनेका छन्, ‘हिजोको दिनमा पनि यो पार्टी, त्यो पार्टी भनेर कुनै पक्षपात गरिँन । त्यसै कारण अघिल्लो चुनावमा भन्दा यस पटक ६० गुणा बढी भोटले अहिले जितेँ । मेरा तर्फबाट कुनै अब पनि पक्षपात व्यवहार गर्दिनँ, तेरो मेरो भनेर कसैलाई काखा पाखा लाउँदिन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..