काठमाडौंका एसएसपी गिरि र जोशी पुरस्कृत

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्थापनमा उत्कृष्ट कार्यशैली प्रदर्शन गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरि र उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंका एसएसपी उमेश राज जोशी पुरस्कृत भएका छन् ।

स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल जिल्ला मानिएको काठमाडौं जिल्लामा कुनै अप्रिय घटना नभएको शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरी र उचित ट्राफिक व्यवस्थापन गर्ने ट्राफिक महाशाखाका प्रमुख उमेशराज जाेशीलाई उक्त कार्यकाे श्रेय दिदै पुरस्कृत गरिएको हाे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ ,प्रमुख जिल्ला अधिकारी गाेविन्द प्रसाद रिजालले एसएसपी जाेशी र गिरीलाई बुधबार नगद सहित प्रसंसा पत्रले सम्मान गरेका हुन ।देशको राजधानी भएकोले पनि काठमाडौंकाे निर्वाचन सुरक्षा चुनाैतिकासाथ विषेश ढंगले लिने गरिन्छ ।प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौं प्रमुखले निर्वाचन अघि नै सुरक्षा चुनौतीबारे विश्लेषण गर्दै आवश्यक तयारी गरेका थिए ।

चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि काठमाडौंमा कुनै अप्रिय घटना हुन पाएन । यहि अवस्थाकाे मूल्यांकन गर्दै काठमाडौ जिल्ला प्रशासनले अब्बल सुरक्षा अधिकारी जाेशी र गिरीलाई प्रशंसापत्र तथा नगदले पुरस्कृत गरेको हाे ।

आफ्नो जिम्मेवारी इमानदारी र उत्कृष्ण ढंगले कार्यसम्पादन गरेको पाइएकाले उनीहरुलाई नगदबाट पुरस्कृत गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।एसएसपी जाेशी र गिरी अब्बल प्रहरी अधिकारीकाे रुपमा पहिचान बनाउन सफल प्रहरी अधिकारी हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..