विष्णु पौडेलले भने- अब गठबन्धनको ओरालो यात्रा शुरू हुन्छ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब गठबन्धनको ओरालो यात्रा शुरू हुने बताएका छन् । 

बुधवार न्युज एजेन्सी नेपालगसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने बताएका हुन् । उनले आगामी निर्वाचनपछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने दाबी पनि गरे । 

‘सारा दल एकातिर हुँदा पनि नेकपा(एमाले)को श्रेष्ठतालाई कसैले खण्डित गर्न सकेको छैन,’ उनले भने, ‘निर्वाचन परिणामका हिसाबले, निर्वाचित भएका पदाधिकारी सदस्य संख्याको हिसाबले एमाले दोस्रो भएको होला । जनमतको हिसाबले, संगठनात्मक शक्तिको हिसाबले एमालेलाई चुनौती दिने तागत कसैसँग छैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..