राजनीतिक दलको ध्यान जिसस गठनतर्फ

काठमाडौं । ३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् ।

स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान संविधानमा छ । पालिकाका जनप्रतिनिधिहरूले समन्वय समिति गठन गर्नेछन् ।

संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा १३ जिल्ला रहेको छ । १ सय १७ पालिकामध्ये १ सय १४ पालिकाको मतगणाना सम्पन्न भइसकेको छ । काठमाडौं, ललितपुर र भरतपुर महानगरमा मतगणना जारी छ । काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यस्तै, ललितपुरको प्रमुखमा नेपाली कांग्रेस र भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

अहिलेसम्मको सम्पन्न मतगणना र अग्रता लिइरहेको आधारमा हेर्ने हो भने काठमाडौं र ललितपुरमा कांग्रेसले एकल रूपमा जिसस बनाउन सक्ने बहुमत प्राप्त गरेको छ । अन्य जिल्लामा गठबन्धन गरेर मात्रै जिसस गठन हुने अवस्था रहेको छ । एमाले र माओवादी केन्द्रले गठबन्धन नगरी कुनै पनि जिल्लामा एकल रूपमा जिसस गठन गर्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..