इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ

तुलसीपुर । दाङमा इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एक होटेलमा दुई वटा इँट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकाका २६ वर्षिय राजकुमार बुढा, सोहि ठाउँकै २४ वर्षिय प्रकास खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षिय सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका–१ का ३० वर्षिय गिता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षिय सुरेन्द्र सिंह धामी रहेका छन् ।

पक्राउ परेकाको साथबाट दुई थान इट्टाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्रि गर्न खोजेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..