रोकिएन राजस्व छलीका शृंखला

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।

यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध बिगोसहित अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले उच्च अदालत पाटनमा दायर गरेको सो मुद्दामा निरज ट्रेडर्स एन्ड सप्लायर्स र राज ट्रेडर्स कम्पनीमार्फत राजस्व छली गरेको पाइएको हो । उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई राजस्व छलेको विभागको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..