चुनौतिलाई सामना गरेर निर्वाचनमा यसरी सफल भए गृहमन्त्री बालकृष्ण खाण

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । अपवादमा रौतहट, तनहुँ, बाजुरासहितका जिल्लाका केही वडाका छिटफुट घटना बाहेक सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको छ ।

केही पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । ती पालिकाको नतिजाको मतगणना पनि अन्तिम चरणमा पुगेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको शान्ति सुरक्षा निकै मजबुद बनाएका थिए । खाणको सुझवुझपूर्ण कामले निर्वाचन एकै चरणमा सम्पन्न भएको छ ।

केही व्यक्तिलाई स्थानीय तहको निर्वाचन समयमा हुँदैन भन्ने लागेको थियो । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र उनको टिमले स्थानीय तहको निर्वाचनका बारेमा नकारात्मक टिकाटिप्पणी गर्दै आएको थियो ।गृहमन्त्री खाणको नेतृत्व र निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालय मातहतका सबै निकायको विशेष पहलमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

खाणलाई स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न गराउन ठूलो चुनौति थियो । तर, खाणले त्यो चुनौतिलाई सुरक्षा निकाय र सबैको सहयोगमा सफलतापूर्वक सम्पन्न गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री देउवा, गृहमन्त्री खाण, सुरक्षा निकाय र सबै राजनीतिक दलको संयुक्त प्रयासमा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । विशेष गरेर नेता चौधरीले गृहमन्त्री खाणलाई धन्यावाद दिएका छन् । उनले भने, ‘गृहमन्त्रीको जिम्मेवारी बालकृष्ण दाईले कुशलतापूर्वक निभाउनुभएको छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गृहमन्त्री खाणद्वारा शान्ति सुरक्षा बनाउन गरिएको नेतृत्वदायी भूमिका निकै सह्रानीय रहेको बताए ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पनि निर्वाचन सुरक्षामा कतै पनि सानो गल्ती हुन दिएनन् ।देशभरिको युनिटलाई परिचालन गरेर सानाभन्दा साना कुरामा हेलचेक्र्या नगरेर आईजीपी सिंहले कार्य सम्पादन गरेका छन् ।

सरकारले मतदान हुनुभन्दा १२ दिन अगाडि नयाँ आईजीपीमा सिंहर्लाइ नियुक्त गरेर सहि निर्णय गरेको प्रमाणित भएको छ ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले पनि आफ्नो प्रदेशमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।उनले तनहुँको एउटा वडामा १५/२० मिनट देखिएको असहजतालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको बताए ।

डीआईजी लोहनीले गण्डकीका बाग्लुङ, स्याङ र गोरखा सम्वेदनशील जिल्ला रहेको बताए । प्रहरीका जिल्ला ईञ्चार्जहरूका कारण यस पटक ती जिल्लामा कुनै पनि अप्रिय घटना नभएको उल्लेख गरेका छन् ।

रोल्पा, रुकुम, प्यूठान जस्ता जिल्लाहरूमा पनि स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएका छन् । तराईका जिल्लामा पनि छिटफुट घटना बहेक सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन भएका छन् ।

केही तत्वले निर्वाचनलाई बिथोल्न सकिन्छ कि भनेर नजर उठाउन खोजे पनि प्रहरीले त्यो उदेश्य पूरा हुन दिएन । नेपाल प्रहरीका आईजीपीमा सिंह आउनेवित्तिकै प्रहरीमा नयाँ उर्जा थपिएको थियो । सिंहको नेतृत्वदायी भूमिकाले गृहमन्त्री खाणलाई ठूलो सहयोग मिलेको छ ।

गृहमन्त्री खाणले प्रहरी प्रशासनको दुरुपयोग हुन दिएनन् । आफ्नै पार्टी कांग्रेसका नेता कार्यकर्तालाई पनि सत्ताको दुरुपयोग गर्नबाट रोकेका थिए । धेरै ठाउँमा कांग्रेसमाथि एमालेसहितका कम्युनिस्टबाट हमला र आक्रमण हुँदा पनि गृहमन्त्री खाणले सत्ताको दुरुपयोग गरेनन् । संयम भएर स्थितिलाई मिलाए ।

सोही कारण पनि निर्वाचन वैशाख ३० गते देशभरि एकसाथ सम्पन्न गर्न सकिएको टिप्पणी भएका छन् । यस पटकको निर्वाचनमा कांग्रेसले धेरै पालिकाहरूमा जितेर ठूलो दल बन्न सफल भएको छ । एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..