Breaking News…..जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार शिवशंकर साहलाई पराजित गर्दै मेयरमा विजयी बनेका हुन् । नेपाली कांग्रेसबाट राजीनामा गरेर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए।

स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए । मनोज ३ हजार ९ सय ३३ मतको मतान्तरले विजयी भएका हुन् ।

गठबन्धनबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह चौथो स्थान चित्त बुझाएका छन् । उनले ५ हजार १ सय ९४ मत ल्याए । लालकिशोर निवर्तमान नगरप्रमुख समेत हुन् । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए ।

त्यस्तै जनकपुरधामको उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका हुन । किशोरीले १५ हजार ५ सय २५ मत ल्याउदै उपप्रमुखमा निर्वाचित भएका हुन ।


उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८ सय ८५ मत ल्याइन । लोसपाका उपप्रमुखको उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत मात्रै ल्याउन सकिन् । मिश्र निवर्तमान उपप्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..