सुन्दरी प्रतियोगिताको नाममा पाण्डेको खतरनाक धन्दा, पीडितहरु धमाधम खुल्न थालेपछि तरंग

काठमाडौं । सुन्दरी प्रतियोगिताको आयोजक भई किशोरावस्थाकी प्रतियागीमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेमाथि एकपछि अर्को संकटहरु आइलागेको छ । उनीमाथि थप महिलाले बलात्कारको आरोप लगाएका छन् ।

पाण्डेमाथि पछिल्लो समय आरोप लगाउने किशोरी १८ वर्षकी छिन् । यसकारण यस प्रकरणमा हदम्याद लाग्दैन । आरोप लगाउने १८ वर्षकी किशोरीको आरोप प्रमाणित भएमा पाण्डे उम्कन सक्नेछैनन् ।

हाल प्रहरीले अनुसन्धानको दायरामा ल्याएकोले पाण्डेमाथि बयान चलिरहेको बुझिएको छ । उनले आरोप अस्वीकार गरेका छन् । आरोप लगाउने युवती किशोरावस्था पार गरिसकेकी छिन् । उनले १६ वर्षमा आफूमाथि ८ वर्ष अघि बलात्कार भएको सामाजिक सञ्जालमा बताएकी छिन् । यस घटना देशभर चासोको विषय बनेपछि पाण्डे प्रहरी नियन्त्रणमा परेका हुन् ।

पाण्डे मात्र नभई पूर्व मिस नेपाल र सेलिब्रिटीहरु घटनासँग जोडिएका छन् । उनीहरुको सम्बन्ध पाण्डेसँग रहेको खुल्दै गएको छ । कतिपय सेलिब्रिटीको तस्बिरहरु पाण्डेसँगै सार्वजनिक भएका छन् । आरोपीले आफूलाई नसघाएको भन्दै कतिपय पूर्व मिस नेपालको नामै लिएका छन् । यसले यो घटना झन् पेचिलो बनेको छ ।

लहरो तान्दा पहरो झर्छ भने जस्तै सुन्दरी प्रतियोगितामा लुकेका आपराधिक गतिविधिहरु पाण्डेमाथि लागेको बलात्कारको आरोपले खुल्न सक्ने देखिएको छ । प्रहरीले यसकारण पनि पाण्डेलाई मानव बेचबिखनको अभियोगमा अनुसन्धन बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..