प्रधानमन्त्री देउवा र अमेरिकी अधिकारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाबिच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जियाबिच छलफल भएको हो।

तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जिया दुई दिन अघि नेपाल आएकी थिइन्। भारत भ्रमण सकेर उनी काठमाडौं आएकी थिइन्। भारतमा रहँदा उनले दलाई लामासँग समेत भेट गरेकी थिइन्। उनको भ्रमणलाई लिएर चीनले चासोसमेत व्यक्त गरेको थियो।

तिब्बतको मामिलामा नेपाल एक चीन नीतिमा अडिग छ। यस्तो अवस्थामा तिब्बत मामिला हेर्ने उच्च अधिकारीको भ्रमणलाई महत्वका साथ हेरिएको छ। जियाले तिब्बती शरणार्थी शिविर र बौद्ध क्षेत्रको भ्रमण समेत गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..