आईजीपी सिंह भन्छन्– आक्रामक ‘पुलिसिङ’ गर्छु, अपराधीलाई तह लगाउँछु

‘संगठनभित्र स्वच्छ प्रतिस्पर्धा हुन्छ, सबै मिलेर जानुपर्छ’

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले कानुन र मानवअधिकारको सम्मान गर्दै आक्रामक ‘पुलिसिङ’ गर्ने बताएका छन् । आईजीपी नियुक्त भएपछि सुरक्षा खबरसँग कुरा गर्दै सिंहले यस्तो बताएका हुन् ।

उनले भने, “म आक्रामक ‘पुलिसिङ’मा विश्वास गर्छु । समाजमा अपराध बढ्दो छ । हरेक अपराधका विरुद्ध मानवअधिकारको पालना गर्दै कानुनको परिधिभित्र रहेर आक्रामक ‘पुलिसिङ’ अगाडि बढाउँछु । सबैखाले अपराधविरुद्ध प्रहरी अगाडि बढ्छ । अपराधीलाई कानुनानुसार तह लगाउँछौँ ।”

आफ्ना योजनाहरू अब केही दिनमै सार्वजनिक गर्ने सिंहले बताए ।

उनले सबैलाई मिलाएर लैजाने पनि बताए । संगठनभित्र स्वच्छ प्रतिस्पर्धा स्वाभाविक भएकाले अब मिलेरै संगठन चलाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..