आईजीपी सिंह भन्छन्– आक्रामक ‘पुलिसिङ’ गर्छु, अपराधीलाई तह लगाउँछु

‘संगठनभित्र स्वच्छ प्रतिस्पर्धा हुन्छ, सबै मिलेर जानुपर्छ’

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले कानुन र मानवअधिकारको सम्मान गर्दै आक्रामक ‘पुलिसिङ’ गर्ने बताएका छन् । आईजीपी नियुक्त भएपछि सुरक्षा खबरसँग कुरा गर्दै सिंहले यस्तो बताएका हुन् ।

उनले भने, “म आक्रामक ‘पुलिसिङ’मा विश्वास गर्छु । समाजमा अपराध बढ्दो छ । हरेक अपराधका विरुद्ध मानवअधिकारको पालना गर्दै कानुनको परिधिभित्र रहेर आक्रामक ‘पुलिसिङ’ अगाडि बढाउँछु । सबैखाले अपराधविरुद्ध प्रहरी अगाडि बढ्छ । अपराधीलाई कानुनानुसार तह लगाउँछौँ ।”

आफ्ना योजनाहरू अब केही दिनमै सार्वजनिक गर्ने सिंहले बताए ।

उनले सबैलाई मिलाएर लैजाने पनि बताए । संगठनभित्र स्वच्छ प्रतिस्पर्धा स्वाभाविक भएकाले अब मिलेरै संगठन चलाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..