इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण निर्वाचित

सुनसरी । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

उनले ३३०४९ मत ल्याएका छन् भने एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो भएका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाए ।उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् ।

उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै विजयी भएकी हुन् । चौधरीले ३२४३६ मत ल्याइन् भने विष्टले १८०३१ मत पाए । तेस्रो भएकी राप्रपाकी वविताकुमारी चौधरीले ४७१९ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..