महागढीमाईको मेयर र उपमेयरमा कांग्रेस विजयी

बारा । बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । महागढीमाईको मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा कांग्रेसकै उम्मेदवार तारादेवी कानु निर्वाचित भएका छन् ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महागढीमाई नगरपालिकाको मेयर पदका लागि कांग्रेसका उम्मेदवार यादवले ८ हजार ६ सय ७० ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवलाई १ हजार २ र ९४ को मतान्तरले पराजित गरेका हुन् । पराजित रामबाबुले ७ हजार ३ सय ७६ मत ल्याएका छन् ।


यस्तै, उपमेयरमा निर्वाचित कांग्रेसकी उम्मेदवार तारादेवी कानुले ७ हजार ९ सय ९७ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार पुष्पान्जली देवीले ७ हजार १० मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..