तिलोत्तमाको मेयरमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।


कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रामकृष्ण खाँण र एमाले तर्फबाट उम्मेदवार मोहन चापागाईले एकअर्कालाई पछि पार्ने क्रम चलिरहेको छ ।


बिहान साढे ५ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ६३ मत अन्तरले अगाडि छन् । खाँणले १० हजार ५६२ मत पाउँदा एमालेका चापागाईले १० हजार ४९९ मत पाएका छन् ।उपमेयरमा भने सुरुदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरीको अग्रता कायम छ ।

उनले १० हजार २०१ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई ५ हजार १८९ मत अन्तरले पछि पारेकी छन् । पाण्डेको पक्षमा जम्मा ५ हजार १२ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..