मधेश प्रदेशका १ सय २२ पालिकाको मत परिणाम सार्वजनिक,कांग्रेस ठूलो दल

जनकपुर । मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये १२२ वटा को मतपरिणाम आइसक्दा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।मधेश प्रदेशमा ४२ वटा पालिका प्रमुख र ४४ वटा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायतका स्थानीय तहको नतिजा आउन बाँकी छ ।
नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले २३ पालिका प्रमुख र २३ वटै पालिकामा उपप्रमुख जितेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ ।

उसले २० पालिका प्रमुख र २२ वटा पालिकाको उपप्रमुख जितेको छ ।वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले नै शुरुदेखि अग्रता कायम गरेका छन् ।

लोसपाले ९/९ वटा पालिका प्रमुख र उपप्रमुख, माओवादीले ९ पालिका प्रमुख र ८ उप प्रमुख, नेकपा एकीकृत समाजवादीले ४ प्रमुख र ३ उपप्रमुख, सिके राउतको जनमत पार्टीले २ प्रमुख र १ उपप्रमुख, तमलोपा, विवेकशील र स्वतन्त्रले १/१ वटा पालिका प्रमुख/उपप्रमुख जितेका छन् ।

११५६ वडाहरुको मत परिणम आउँदा नेपाली कांग्रेस नै अगाडि छ । कांग्रेसले ३८६, एमालेले २४३, जसपाले २०२, माओवादी केन्द्रले १२९, नेकपा एकीकृत समाजवादीले ७०, लोसपाले ८१, स्वतन्त्र १८, जनमत १३, राप्रपा ६, तमलोपा ३, विवेकशील २, जनमत, सुशासन र लोकतान्त्रिकले १/१ वडा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..