कहाँ कहाँ भत्कियो एमालेको किल्ला

काठमाडौं । नेकपा एमालेलाई स्थानीय चुनावमा धक्का लागेको छ । उसले महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्था पछि एमालेले जित्दै आएको नगरपालिका समेत गुमाएको छ ।

एमालेले बुटवल उपमहानगरपालिका गुमाएको छ । बुटवल एमालेको गढ मानिन्छ । गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज भण्डारीले एमालेका बाबुराम भट्टराईलाई साँढे ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

एमालेले काभ्रेको पनौती नगरपालिकामा पनि पराजय व्यहोरेको छ । पनौती एमालेको गढ मानिन्छ । त्यहाँ काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

हेटौंडामा पनि एमाले पराजित भएको छ । त्यहाँ एमालेबाट फुटेको नेकपा एसकी मीनाकुमारी लामा मेयरमा विजयी भएकी छिन् । मकवानपुर जिल्ला नै एमालेको गढ हो । त्यहाँ एमालेले धेरै पालिका गुमाएको छ ।

अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा एमालेले देशका कुनैपनि महानगरपालिका नजित्ने अवस्था देखिएको छ । एमालेले आशा गरेको काठमाडौं महानगरपालिकामा बालेन साह ठूलो मतान्तरका साथ अगाडि छन् । पोखरामा पनि नेकपा एसका धनराज आचार्य मतान्तरसहित अगाडि छन् । भरतपुरमा रेनु दाहाल जीतको नजिक छन् ।

२०७४ को स्थानीय चुनावमा एमालेले २ महानगरपालिका जितेको थियो । यसपटक सून्य अवस्थामा पुग्ने देखिदैछ ।

उपमहानगरपालिकामा एमालेले घोराही जितेको छ । तुलसीपुरमा कडा टक्कर छ । कलैयामा पनि एमाले जितेको छ । बाँकी उपमहानगरपालिकाहरु एमालेले गुमाइसकेको र गुमाउने अवस्था छ ।

देशका महत्वपूर्ण नगरपालिकामध्ये दमक, मध्यपुर ठिमी, किर्तिपुरलगायतमा पनि एमाले पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..