पाँच दलीय सत्ता गठबन्धन सफल हुँदै गएको छ : अध्यक्ष दाहाल

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय सत्ता गठबन्धन सफल हुँदै गएको बताउनुभएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारलाई आज बिहान प्रचण्ड निवास खुमलटारमा बधाई दिँदै उहाँले गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचनसम्म सँगै लिएर जानुपर्ने बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा गरिएको चुनावी तालमेल पनि सफल भएको उल्लेख गर्नुहुँदै उहाँले मूलभूत रूपमा गठबन्धन सफल भएको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकारले देशमा विकासको यात्रा प्रारम्भ गरेको भन्दै गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन, स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको उल्लेख गर्नुभयो । 

गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचनसम्म मात्र होइन त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्पमा गठबन्धनका दलहरू दृढ रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले नव निर्वाचित जनप्रतिनिधिहरूले विकास, समृद्धि र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा माओवादी केन्द्रका नेता दिलीप प्रजापति, प्रदेश सांसद प्रतिमा श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजयकृष्ण श्रेष्ठ, कांग्रेस नगर सभापति हरिदास प्रजापति लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..