बलात्कार प्रकरणमा दोषीलाई कुनै हालतमा कारबाही गर्छौं : गृह मन्त्रालय

काठमाडौं । एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूलाई ८ वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेपछि सरकारले दोषीलाई कारबाही गर्ने बताएको छ। 

गृह मन्त्रालयका प्रवक्ता प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार एक विज्ञप्ति जारी गरेर यस्ता विषयमा शीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार सधैँ प्रतिबद्ध रहेको बताएका हुन्। 

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसासम्बन्धी सामग्रीको सम्बन्धमा ६ गते प्रतिनिधिसभा बैठकमा माननीय सांसदहरुले उठाउनुभएको विषय र सम्माननीय सभामुखज्यूले उक्त विषयमा रुलिङ गर्नुभएको, साथै नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदै सम्मको कारवाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको छ।’

घटनाको सन्दर्भमा वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का समेत रहेको छानबिन समिति गठन गरी उक्त समितिले काम शुरु गरिसकेको बताएका छन्। 

घटनाबारे शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले  आवाज उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौन हिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए। 

सो घटना सार्वजनिक भएपछि बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुर्नविचार चौतर्फि दबाव भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..