बिहारमा पत्रकारलाई गोली हानी हत्या

बिहार । भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। उनीहरुले सुभाषको शवलाई कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएका छन्।

मृतक पत्रकार सुभाष आफ्ना आमाबुबाका एक्लो सन्तान थिए। उनी २० मे बेलुका गाउँमा नै आयोजित एक कार्यक्रममा सामिल हुन गएका थिए। मांगलिक कार्यक्रमबाट राती फर्कंदा उनलाई बाटोमा ढुकेर बसेका अज्ञात व्यक्तिहरुले गोली हानेका थिए।  

गोली सुभाषको टाउकोमा लाग्यो र उनी त्यहीं ढले। घटनास्थल पुगेका प्रहरीले उनलाई उपचारको लागि नजिकैको प्राथमिक स्वास्थ्यकेन्द्र लगेका थिए। त्यही उनलाई मृत घोषित गरिएको थियो। 

हत्याराको खोजी भइरहेको र छिटै पत्ता लाग्ने प्रहरीले जनाएको छ। आजतक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..