मातृका यादवको गृहनगरमा माओवादीका प्रमुख-उपप्रमुख नै विजयी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार कारिराम यादव विजयी भएका छन् ।

निकटमत प्रतिद्धन्द्धि नेपाली कांग्रेसका जगत सुन्‍दर शाह मधुपलाई पाखा लगाउँदै यादव नगर प्रमुखमा निर्वाचित भएका हुन् । यादव ३ हजार ८७९ मतसहित विजयी हुँदा शाह ३ हजार ३५३ मतमा रोकिए । त्यस्तै, एमालेका राजकिशोर यादब राकेशले ३ दहजार २८२ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका राम चन्द्र प्रसाद जयसवालले २ हजार ९९४ मत पाए ।

उपप्रमुखमा माओवादी केन्द्रकै रहिमा खातुन ४ हजार २९३ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्धन्द्धि एमालेकी किरण कुमारी कापरले ३ हजार ३१८ मत पाइन् । यो नगर माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका यादवको गृहनगर पनि हो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..