काठमाडौं । मुगुको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर बिष्णु कुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी ज्यूको घण्टी छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।
आफ्नो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देवताको घण्टी छोएर कसम खाँदै पदभार गरेका छन् ।
त्यति मात्र नभएर भामले जनताको नाममा आएको रकम प्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने बाचा कसम खाएर प्रसिद्ध देवताका २ वटा घण्टी समाति पदभार समालेका छन् ।


