जनकपुरधाम उपमहानगरमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेद्वार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार मनोजकुमार साहको अग्रता कायमै छ । पछिल्लो गणनाअनुसार उनले ६ हजार २९१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका नगर सभापति समेत रहेका साह पार्टीले टिकट नदिएपछि घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा यहाँ प्रमुख पद कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)लाई छोडेको थियो ।

मनोजकुमारलाई नेकपा (एमाले)का उमेदवार शिवशंकर साहले चार हजार १२३ मतसहित पछ्याइरहेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरीले दुई हजार ६४७, स्वतन्त्र उमेदवार बलराम महतोले दुई हजार १५३ मत पाएका छन् । गठबन्धनका तर्फबाट जसपाका उमेदवार लालकिशोर साहले एक हजार ८३८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..