सिराहा नगरपालिकामा एमाले उम्मेदबार बिजयी


सिराहा । सिराहा जिल्लाको सदरमुकाम सिराहा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेबाट उम्मेदबारी दिएका उम्मेदबार बिजयी भएका छन् । एमालेका जिल्ला उपाध्यक्ष रहेका डा. नविनकुमार यादब मेयरमा र बविताकुमारी साह उपमेयरमा निर्बाचित भएका हुन् ।


बिहिबार बिहान मुख्य निर्बाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत गणना परिणामअनुसार मेयरमा निर्बाचित भएका डा. यादबले २ हजार २ सय २३ मत अन्तरको फरकले बिजयी भएका हुन् । डा. यादबले ११ हजार १ सय ४३ मत प्राप्त गरेका छन् ।


उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मधेश प्रदेशको महामन्त्रीसमेत रहेका उम्मेदबार उपेन्द्रकुमार यादबले ८ हजार ७ सय २० मत प्राप्त गरि दोश्रो स्थान हासिल गरेका थिए । यस्तै जनता समाजवादी पार्टीका नगर अध्यक्ष तथा निवर्तमान मेयर अशेश्वरप्रसाद यादबले ७ हजार ७ सय ३४ मत प्राप्त गरि तेश्रो स्थान हासिल गरेका थिए ।


मेयरमा निर्वाचित डा. यादव स्थानीय तह निर्वाचन २०७४ मा जसपा नेपालका अशेश्वरप्रसाद यादवसँग १ सय ७१ मत अन्तरले पराजित भएका थिए । यस्तै उपमेयरमा निर्वाचित साहले १० हजार १ सय २६ मत प्राप्त गरेका छन् । उनी १ हजार ५ सय ३७ मतअन्तरले विजयी भएकी छिन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरिताकुमारी यादवले ८ हजार ५ सय ८९, जनता समाजवादी पार्टी नेपालकी शशि ऋषि मित्रा माझी मुसहरले ७ हजार ८ सय ५५ र नेकपा एकीकृत समाजवादी पार्टीकी रवीन्द्रकुमार साहले ६ हजार ७ सय ४२ मत प्राप्त गरेका छन् ।

मेयरमा निर्वाचित डा. यादव ०७० मा दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट सिराहा क्षेत्र नम्बर ३ बाट संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..