रुपन्देहीको मायादेवी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी


बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।५३८६ मत पाएर कांग्रेस उम्मेदवार ध्रुवनारायण चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

चौधरी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४९८८ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदीदेवी उपाध्याय ४९४२ मत पाएर निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारादेवी यादवले ४८८९ मत पाएकी निर्वाचन अधिकृत धर्मा अर्याल बेल्बासेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..