बाबुराम भट्टराईको गृहनगर पालुङटारको मेयर र उपमेयरमा माओवादी विजयी

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी-एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् ।


नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए ।


निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भएका छन् । उनले ४९९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९४१ मत आएको छ ।


यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् ।

गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् ।
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो । तर, गठबन्धनका उम्मेदवार पराजित भए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..