सिद्धार्थनगर नगर प्रमुखमा कांग्रेस
उपप्रमुखमा एमाले विजयी

भैरहवा । नेपाली कांग्रेसका इस्तियाक अहमद खान रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुखमा निर्वाचित भएका छन् । खानले ९ हजार १ सय ३४ मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।

२०७४ सालको चुनाव जित्ने नेकपा एमालेका रामप्रसाद बस्याल ७ हजार ३ सय ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे । खान संविधानसभाका सभासद हुन् ।त्यसैगरी उपप्रमुखमा एमालेकी उमा अधिकारीले जित हासिल गरेकी छन् । अधिकारीले ८ हजार ८ सय १३ मत प्राप्त गरेकी छन् ।

अधिकारीको निकटतम प्रतिद्वन्द्वीमा राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुख एमालेले जितेको थियो ।

यस पटकको चुनावमा कांग्रेसले ५, एमालेले ४, राप्रपाले ३, जसपाले एक वटा वडाध्यक्ष जितेको छ । जसपाले वडा नम्बर १, राप्रपाले २, ३ र ४, कांग्रेसले ५, ६, ७, ८ र १३ एमाले ९, १०, ११, १२ को अध्यक्ष जितेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..