खानीखोलामा माओवादी केन्द्रका थिङ र कांग्रेसका जिम्वा विजयी

काभ्रे । खानीखोला गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनकाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।


अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाएका थिए ।

उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २८ मत पाए भने एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरिन् ।७ वडा रहेको खानीखोलामा माओवादी केन्द्रले ४, कांग्रेसले २ र एमालेले एक वडामा जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..