चितवनको कालिकाको मेयरमा एमालेका रेग्मी निर्वाचित


चितवन । चितवनको कालिका नगरपालिकाको मेयरमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका विनोद रेग्मी निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गरेका हुन् ।


रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाए । रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।


उपमेयरमा पनि एमालेकै विमला लामा निर्वाचित भएकी छन् । उनले गठबन्धनबाट उपमेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी सविता लामालाई ७६१ मतान्तरले पराजित गरेकी हुन् । विमलाले १० हजार ४४९ मत ल्याउँदा सविताले ९ हजार ६८८ मत ल्याइन् ।

कालिकाका वडातहसम्म नै गठबन्धन गरिएको थियो । ११ वटा वडा रहेको कालिका नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ वडा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..