पूर्वमन्त्री चित्रलेखाका भाई बिश्व मोहनलाई पराजित गर्दै नवराजपुर गाउँपालिकामा शिवा विजयी

सिरहा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री चित्रलेखा यादवका भाई बिश्व मोहन यादव पराजित गर्दै नवराजपुर गाउँपालिकामा शिव उदगार यादव ‘शिवा’ विजयी भएका छन् । नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टीको प्यानलबाट अध्यक्ष, उपाध्यक्ष र चारवटा वडाध्यक्ष सहित बिजयी भएका छन् ।

अध्यक्षमा जसपाका शिव उदगार यादव ‘शिवा’ दुई हजार भन्दा बढी मतान्तरले विजयी भएका छन् । उनले ४ हजार ५ सय ५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले २ हजार ५ सय २५ मत प्राप्त गरे । कांग्रेस नेतृ एवं पूर्व उपसभामुख समेत रहेकी चित्रलेखाका भाई विश्वमोहन निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३ सय १८ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकै निवर्तमा उपध्यक्ष शोभा कुमारी यादव २ हजार ३ सय ८५ मत ल्याएकी छिन् ।

त्यस्तै वडा १ मा नेकपा माओवादी केन्द्रको उमेदवार राम औतार यादबलाई पराजित गरी जनता समाजवादी पार्टिको उमेदवार नविनकुमार यादब बिजय भएका छन् । वडा नं २ मा नेकपा एमालेको उमेदवारलाई पराजित गरी जनता समाजवादी पार्टिको सुरेश यादब बिजयी भएका छन् ।

वडा नं ३ मा नेपाली कांग्रेसको उमेदवार निवर्तमान वडाअध्यक्ष इश कुमार यादबलाई पराजित गरी जनता समाजवादी पार्टिको उमेदवार बंशी लाल यादब बिजयी भएका छन् । वडा न ४ मा नेपाली कांग्रेसको उमेदवार निवर्तमान वडाअध्यक्ष मनोज कुमार यादबलाई पराजित गरी जनता समाजवादी पार्टीको उमेदवार शिवनाथ यादब बिजयी भएका छन ।

गत २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतको सरकार बनाउन सफल भएको थियो । उक्त सरकारमा वडा नं ४ निवर्तमान वडाअध्यक्ष मदन यादबले जनता समाजवादी पार्टिको उमेदवारलाई पराजित गरी पुनः निर्वाचित भएका छन् । वडा नं ४ निवर्तमान गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादबको आफ्नै गाउँ हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..