बजेटको सिद्धान्त र प्राथामिकता पेश

काठमाडौ । संघीय संसद्को अधिवेशन मंगलबारदेखि सुरु भएको छ । बैठकको पहिलो दिन अर्थमन्त्री जनार्दन शर्माले संसद समक्ष विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गरेका छन् । उनले आगामी आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकताहरू संसद्मा प्रस्तुत गरेका हुन् । संसदमा बिनियोजन बिधेकलाई सम्बोधन गर्दे अर्थमन्त्री शर्माले बजेटमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले निजी क्षेत्रमैत्री बजेट आउने धारणा राखे । कोभिड–१९ ले निजी क्षेत्रलाई समस्या परेकोले आगामी बजेट निजी क्षेत्रमैत्री हुने उनको भनाई थियो ।

अर्थमन्त्री शर्माले अब आउने बजेटले आयात घटाउने, निर्यात व्यापारालई विस्तार गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने पनि बताए । त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने बिषयलाई प्राथामिकता दिइएको बताए ।

बजेटले कृषिलाई प्राथामिकता दिने भन्दै उनले खेतीयोग्य सबै जमिनको उपयोग, गर्ने, जमिनमा सामूहिक खेती प्रणालीलाई जोड दिइने, औद्योगिक विकास, उद्योगको क्षेत्र बढाउने, औद्योगिक ग्राम बढाउने र उत्पादनमुलक उद्योग स्थापना गर्न प्रोत्साहन दिने बिषय बजेटको लक्ष्य भएको बताए । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने उनको भनाई थियो । निरपेक्ष गरिबी, सिमान्तकृत, दलित तथा आमजनताका आधारभूत आवश्यकता पूरा हुने गरी बजेट आउने पनि मन्त्री शर्माले बताए ।

एमालेले संसद चल्न दिने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा लामो समयदेखि गर्दै आएको अवरोध हटाउने भएको छ । एमालेले विभिन्न माग राख्दै विगत नौ महिनादेखि संसद अवरुद्ध गर्दै आएको थियो । खासगरी आफुले कारवाही गरेका सांसदहरुलाई निलम्बन गरिनुपर्ने माग एमालेको थियो ।

संघीय संसदको दुवै सदन मंगलबारदेखि सुरु भएको हो । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध नगरी रचनात्मक रुपमा विरोध गर्ने जनाएको छ । एमालेले गत भदौ २३ गतेदेखि संसद चल्न दिएको थिएन ।

एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश राष्ट्रिय संकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले विरोधको स्वरूपलाई परिवर्तन गरेको दाबी गरे । उनले देश गम्भीर संकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त रहेको आरोपसमेत लगाए ।

उनले प्रधानमन्त्री र मन्त्रीहरू सत्ता सेटिङमा व्यस्त रहेको बताए । उनले बढ्दो महँगीका कारण सर्वसाधारण नागरिकको जीवन आक्रान्त बन्दै गएको र मुलुकको अर्थतन्त्रका सबै सूचक ओरालो लागेको अवस्थाले पनि सरकारलाई छुन नसकेको दाबी गरे ।‘देश लगभग राष्ट्रिय शंकटतर्फ धकेलिँदै गएको छ ।

यो विषयमा छलफल होस् भनेर हामीले विरोधको स्वरूपलाई परिवर्तन गरेका हौँ । मुलुकको अर्थतन्त्र अहिले ठूलो संकटमा छ । प्रधानमन्त्री र मन्त्रीज्यूहरु सत्ताको सेटिङमै व्यस्त हुनुहुन्छ । विदेशी सिञ्चिति इतिहासकै न्यून भएको छ । व्यापार घाटा चुलिँदै गएको छ । समग्रमा देशको स्थिति भयावह बन्दै गइरहेको छ । यस्ता विषयमा छलफल होस् भनेर हामीले विरोधको स्वरुप परिवर्तन गरेका हौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..