काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडी भाडा पनि बढाएको हो ।
यातायात व्यवस्था विभागले अन्तर्प्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशत वृद्धि भएको छ ।
सरकारले यसअघि २०७८ चैत १७ गते भाडा बढाएको थियो। उक्त समयमा डिजेलको मूल्य १३८ रुपैयाँ रहेकोमा अहिले १५३ रुपैयाँ भएको छ । तेलमा १० प्रतिशत बढी मूल्य बढेकाले जेठ ४ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा गुड्ने गाडीको भाडा बढाएको छ ।
कहाँको भाडा कति ?
https://drive.google.com/file/d/1UZijjraJ1WkoFZXOK1kUbsRq4QhlpQrz/view


