निर्जीवन कम्पनीको बिमा शुल्क बृद्धि

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले खुद विमा शुल्क बृद्धि गरेका छन । नेप्सेमा सूचीकृत १८ निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक अवधिको वित्तीय विवरणले सो कुरा देखाएको हो । वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा शिखर इन्सुरेन्स रहेको छ । खुद बिमा शुल्क आर्जनमा भने नेको इन्सुरेन्स अग्रस्थानमा छ । यो संगै राष्ट्रिय बिमा कम्पनी चुक्ता पुँजी, जगेडा कोष, बिमा कोष र प्रतिसेयर आम्दानीमा अग्रस्थानमा नै रहेको छ ।

धेरै चुक्ता पुँजी भएको कम्पनीले रकमका आधारमा हेर्दा नाफा वा बिमा शुल्क धेरै देखिए पनि इपीएस, नेटवर्थ वा लगानीकर्ताले पाउने प्रतिफल कम हुन सक्छ । एक वर्षको अवधिमा निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी समग्रमा ७ दशमलव ६७ प्रतिशतले बढेको छ । यो अवधिमा त्यस्ता कम्पनीहरुको चुक्ता पुँजी २० अर्ब ६३ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा त्यस्ता कम्पनीको चुक्ता पुँजी १९ अर्ब १६ करोड ३७ लाख ८८ हजार रुपैयाँ थियो ।

सबैभन्दा धेरै चुक्ता पुँजी शिखर इन्सुरेन्सको रहेको छ । चैत मसान्तसम्म उत्तल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ छ । यसअवधिमा १२ कम्पनीको चुक्ता पुँजी बढेको छ भने ६ कम्पनीको पुँजी स्थिर रहेको छ ।जगेडा कोष तर्फ ७ दशमलव ३७ प्रतिशतले बढेर ९ अर्ब २० करोड १२ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा निर्जीवन बिमा कम्पनीको जगेडा कोषमा ८ अर्ब ५६ करोड ९४ लाख ६५ हजार रुपैयाँ थियो । सबैभन्दा धेरै जगेडा कोष राष्ट्रिय बिमा कम्पनीको रहेको छ । यसको जगेडा कोष ६ दशमलव ९८ प्रतिशतले बढेर ३ अर्ब ३१ करोड ९८ लाख ५६ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा १३ कम्पनीको जगेडा कोष बढेको छ भने छ ।

बिमा कोषको आकार भने यो अवधिमा १७ दशमलव ५७ प्रतिशतले बढेर १५ अर्ब २८ करोड ३९ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही त्यस्ता कम्पनीको बिमा कोषको आकार १२ अर्ब ९९ करोड ९६ लाख ३० हजार रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै रकम राष्ट्रिय बिमा कम्पनीको बिमा कोषमा रहेको छ । उक्त कम्पनीको बिमा कोषमा २ अर्ब ६० करोड १५ लाख २४ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..