पोखरा महानगर : ९,४०२ मतका साथ धनराज आचार्य अग्र स्थानमा

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार आचार्यले ९,४०२ मतका साथ अग्रता कायम गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण बहादुर थापाले ७,९५४ मतका ल्याएका छन्, भने राप्रपाका शंकर खरालले १,०८१ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ५४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै पोखरा महानगरको उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट ९,६७९ मतका साथ अग्रस्थानमा छन् । रानाभाटलाई प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुदेवी गुरुङले ९,०४० मतका साथ पछ्याइरहेकी छन् । त्यस्तै राप्रपाकी रञ्जनाकुमारी सेनले ९१९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..