ललितपुर महानगर : हरिकृष्णभन्दा दोब्बर बढी मतले चिरीबाबु अगाडि

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार ७९२० मत प्राप्त गरेका छन् ।


उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३४७६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले ५२२ मत पाएका छन् ।

यस्तै, उपमेयरतर्फ एमालेकी मन्जली शाक्य बज्राचार्यको अग्रता कायमै रहेको छ । उनको ४०४५ मत हुँदा उनका प्रतिस्पर्धी बाबुराजा बज्राचार्य (नकेपा माओवादी केन्द्र) ले २५१७ मत र स्वर्णिमा शाक्य (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ९२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..