संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा कांग्रेसका शेर्पा विजयी


संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा निर्वाचित भएका छन् । ३ हजार १७ मत ल्याउँदै उनी विजयी भएका हुन् ।
उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार भरत कटुवालले २ हजार ४७८ मत पाए ।

विजयी भएका शेर्पा २०७४ सालको चुनावमा वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मनकला राईले २ हजार ७३९ मत ल्याएर विजयी भएकी छन् । राईले ७०६ मत अन्तरले पछि पार्दै विजयी भएकी छन् ।

उनका निकटम् प्रतिद्वन्दी एमालेकी चमेली याम्फुले २ हजार ३३ मत ल्याएकी छन् । याम्फु यसअघि उपाध्यक्ष हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..