कालीकोटको तिलागुफाको मेयरमा कांग्रेसका उपाध्याय निर्वाचित


सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । दुई हजार ९१६ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन् ।उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले दुई हजार ५४० मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले ७८० मत पाएका छन् ।


त्यस्तै उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले दुई हजार ७५९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वली (थापा) ले दुई हजार ४१५ मत पाएकी छिन् ।


तिलागुफामा ०७४ मा माओवादीका रतनबहादुर शाही र उपप्रमुखमा दन्ता नेपाली निर्वाचित भएका थिए ।यो नगरपालिकामा नेकपा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा थियो भने नेकपा एमाले र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..