हिलिहाङ गाँउपालिकाको अध्‍यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित


पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका समरबहादुर अधिकारी निर्वाचित भएका छन् ।


सत्ता गठबन्धबाट उम्मेदवार बनेका अधिकारीले प्रतिस्पर्धीले नेकपा एमालेका भवनीप्रसाद लिङ्देनलाई २२८ मतले हराउदै निर्वाचित भएका हुन् । अधिकारीले ४४२२ मत प्राप्त गर्दा लिङदेनले ४ हजार १९४ मत मात्र प्राप्त गरे ।


यस्तै उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भवनीप्रसाद लिङदेनलाई ४ मतले हराउदै एमालेकी सुमित्रा सेढाइ निर्वाचित भएकी छिन् । सुमित्रा सेढाई निर्वतमान उपाध्यक्षसमेत हुन् । सेढाइले ४ हजार ४ मत ल्याउँदा लिङ्देनले ४ हजार हजार मत ल्याए ।

हिलिहाङ एमालेको गढको रुपमा चिनिन्छ । २०७४ सालको स्थानीय चुनावमा एमालले हिलिहाङमा क्लिनस्वीप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..